Logo
Logo

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन


0
Shares

काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।

The current image has no alternative text. The file name is: sudan.jpg

समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो । छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्