Logo
Logo

गेटामा यसैवर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा


0
Shares

काठमाडौं ।कैलाली जिल्लाको धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: gopi-hamal.jpg

हमालले डा। गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने माग राखेका छन् ।

उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति जो भएपनि आफुहरुलाई सरोकार नभएको भन्दै सुदूरपश्चिमबासीको माग अध्ययन शूरु हुनुपर्ने र अस्पताल सन्चालन हुनुपर्ने रहेको बताएका छन् । हमालले आफुले अनसनको नेतृत्व गर्ने भन्दै सबै सुदूरपश्चिमबासीले साथ दिन आग्रह गरेका छन् ।

सरकारले गेटा मेडिकल विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरेर संचालनको प्रक्रिया अगाडी बढाएपछि अभियन्ता डा। गोविन्द केसीले विभिन्न माग राखेर अनसन शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्