Logo
Logo

सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति


0
Shares

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ ।

आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो ।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्