काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि आम कार्यकर्ताले प्रश्न गरिरहेका बेला उपाध्यक्ष विष्णु पौडेलले पनि ओलीलाई ‘इग्नोर’ गरेका हुन् कि जस्तो देखिन्छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाडेपछि उनले ओलीको फोन रिसिभ गरेनन् भन्ने गाइँगुइ सुनिन्छ । पार्टी पुर्नगठनबारे कार्यकर्तासँग जोडदार रुपमा छलफल गरिरहेकै बेला उनी सुर्खेतबाट पक्राउ परेका थिए । उनले ओलीको फोन नउठाएपनि उनी केही दिनअघि ओली सहभागी कार्यक्रममा उपस्थित भएका थिए भने त्यसपछि एमाले–नेकपाबीच भएको तीन बुँदे सहमतिको साक्षी बसेका थिए ।

पौडेलनिकट स्रोतका अनुसार ओलीले हिरासतबाट छुटेलगत्तै उनलाई भेट्न अनेकन प्रयास गरेका थिए तर कार्यक्रममा भेटेपछि ओलीले पौडेललाई आफ्नै गाडीमा हालेर हिँडेका थिए । ओलीले पौडेल र महासचिव शंकर पोखरेललाई आफ्नो गाडी हालेर हिँडेका थिए ।
साउन ७ गते ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्वेटमा पुग्दा पौडेलको ओलीसँग भेट भएको थियो । एमाले उच्च स्रोतका अनुसार ओलीले त्यसदिन पौडेल र पोखरेलसँग गहन छलफल गरेपछि ओलीको ‘मुडफ्रेस’ भएको देखिन्थ्यो । पौडेल भने यतिबेला महासचिव शंकर पोखरेलसँग मिलेर पार्टी पुनर्गठन अभियानको प्रतिवेदन लेखनमा व्यस्त रहेका छन् ।
ओलीसँग रिसाएका पौडेलले अदालतबाट छुटेलगत्तै महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल (टेलिफोनमार्फत), उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत नेताहरूसँग निरन्तर छलफलमा रहेका छन् । अघिल्लो आइतबार सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा ओलीले बोलाए पनि पौडेलले आफू अस्वस्थ रहेको भन्दै टारिदिएका थिए ।
हिरासतबाट फर्किएपछि पारिवारिक र आफूनिकट नेताकार्यकर्ताहरूसँग राजनैतिक संवादमै रहेका पौडेल ओली–प्रचण्डको हिमचिममा सहमत नभएपनि सम्झौतामा भने सहभागी भएका छन् । पौडेल पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठन अभियानको नेतृत्व गर्ने अग्रपंक्तिमै छन् । देशका विभिन्न अभियानका क्रममा सुर्खेतबाट पक्राउ परेर सम्पत्ति शुद्धीकरणको हिरासतमा बसेका पौडेल हिरासतमुक्त भएलगत्तै अभियानको काममा फर्किएका छन् ।
असार २५ गते सम्पन्न कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेललाई दिएको थियो । शंकर पोखरेलले पनि प्रतिवेदन लेखनमा बादललाई ‘इग्नोर’ गरिदिएका छन् ।
कार्यदलको अर्को बैठकबाट प्रतिवेदन पारित गराएर केन्द्रीय सचिवालय बैठकमा पेस गर्ने उनीहरूको तयारी छ । उपाध्यक्ष बादललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएका ओलीले आफ्नो बहिर्गमनको मागलाई प्रतिवेदनमा समावेश नगर्न अनेकौं दबाब दिने प्रयास गरेका छन् । ओलीले आफ्नो बहिर्गमनबाहेक छलफलमा उठेका अन्य विषयमात्र प्रतिवेदनमा समेट्न निर्देश गरेका छन् ।
पार्टी गतिविधिबाट अनिश्चितकालीन छुट्टीमा बसेका पोखरेल, पौडेलसँग मिलेर प्रतिवेदन लेखनमा व्यस्त रहेका छन् । कार्यदलको अर्को बैठकबाट प्रतिवेदन पारित गराएर केन्द्रीय सचिवालय बैठकमा पेस गर्ने उनीहरूको तयारी छ ।
उपाध्यक्ष बादललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएका ओलीले आफ्नो बहिर्गमनको मागलाई प्रतिवेदनमा समावेश नगर्न अनेकौं दबाब दिने प्रयास गरेका छन् । ओलीले आफ्नो बहिर्गमनबाहेक छलफलमा उठेका अन्य विषयमात्र प्रतिवेदनमा समेट्न निर्देश गरेका छन् । महासचिव पोखरेलले भने अभियानका क्रममा विभिन्न भेला र छलफलमा नेता कार्यकर्ताहरूले भनेकै विषय प्रतिवेदनमा जस्ताको त्यस्तै राखेर प्रतिवेदन बनाइरहेका छन् । कार्यकर्ताहरुले ओलीको नेतृत्व असफल भएको र नेतृत्व पुर्नगठन नगरेर वामपन्थीहरुको सफया वामपन्थीबाट हुने भएकाले ओलीलाई ससम्मान अध्यक्ष छोड्नु पर्ने राय राखेका थिए ।
महासचिव पोखरेलले पछिल्लो समय आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई कसरी पुनर्गठन गरेर नयाँ दिशामा अगाडि बढाउने भन्ने विषयमा पार्टी पङ्तिको भावनाअनुसार कार्यदलले प्रतिवेदन तयार पार्ने बताउदै आएका छन् ।
आफू निकट रहेका पदाधिकारीहरुलाई पार्टी अहिलेको अवस्थामा नयाँ ढंगले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताका पक्षमा छ । त्यसो गर्दा वैचारिक, राजनीतिक सांगठनिक रूपमा झन् एकतबद्ध बनाउने काम गर्नुपर्दछ भन्ने पार्टीको बुझाइ रहेको पनि उनले बताउँदै आएका छन् ।














