Logo
Logo

सुधनले तस्करको कुरा सुनेपछि…


0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलको नेतृत्वमाथि दबाब दिएपछि सीमानाकामा रहेका सशस्त्र प्रहरीका अधिकारीहरुलाई अपराधीको जस्तो व्यवहार गर्न थालिएको गुनासो छ । गृहमन्त्री गुरुङ आफैँ छड्के गर्न जाने क्रममा विभिन्न नाका पुगेर केही शंकास्पद अर्थात् तस्करनिकट व्यक्तिको मात्रै कुरा सुनेर फर्केपछि सशस्त्र प्रहरीमाथि अपराधीको भन्दा तल्लोस्तरको व्यवहार गर्न थालिएको गुनासो छ ।

स्रोतका अनुसार सीमा नाकामा निरन्तर तस्करी गर्दै आएका तर सशस्त्र प्रहरीले कडाई गर्न थालेपछि रुष्ट भएको समूहले सीमामा खटिएका सशस्त्रलाई दुश्मनको जस्तो व्यवहार गरेर गृहमन्त्रीलाई कुरा लगाउँदा गृहमन्त्री गुरुङ बहकिएर सशस्त्र प्रहरीमाथि खनिएका हुन् ।

केही साताअघि गृहमन्त्री गुरुङ कोशी प्रदेश पुगेका थिए । उनले त्यहाँ तस्करी गर्न नपाएका केही तस्करनिकट व्यापारीहरुको कुरा सुने र तत्काल सुधार गर्न सशस्त्रलाई आदेश दिए । जबकि, काकडभिट्टा नाकामा गृहमन्त्रीलाई उजुरी गर्ने महिला त्यही क्षेत्रमा केही अघिसम्म तस्करी गर्ने गरेको र अहिले तस्करी गर्न नपाएपछी सशस्त्र माथि खनिएको विषयमा अनुसन्धान नै नगरी गृहमन्त्री गुरुङले दिनरातभर खटिने सुरक्षाकर्मीलाई ठाडो आदेशमा कारवाहीको निर्दैशन दिएका थिए ।

गृहमन्त्रीले आदेश दिनासाथ सशस्त्र प्रहरिले करिब १५ जना कर्मचारी हलचोक तानेर छनबिन गरेको छ । छानबिनको क्रममा अहिले २ जना निलम्बनमा छन् भने २ एसपि र २ डिएसपीसहित अन्यमाथि छानबिन चलिरहेको छ । ती कर्मचारीमाथि अपराधीजस्तो ब्यबहार हुने गरेको श्रोतको दाबी छ । सीमामा रहेका कर्मचारी अन्यत्र पठाउने नाममा समेत सशस्त्रले आफ्नै कर्मचारीमाथि ज्यादती गर्न थालेको छ ।

हप्ता हप्तामा काज निकालेर एउटै मान्छेलाइ १५ दिनको बिचमा ३ ठाउँ सरुवा गरिएको छ । कतिपय सुरक्षाकर्मी श्रीमती बिरामी ÷ सुत्केरी भएर अस्पतालमा कुरुवा बसेका समेत छन् तिनलाइ पनि २४ घन्टामा रवाना गरेर खेद्ने काम भएको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार भन्सार कर्मचारीहरुले गरेको गल्ती पनि सशस्त्र प्रहरीलाई थोपर्न थालिएकोमा मुख्यालयभित्र असन्तुष्टि बढेको छ । सशस्त्र प्रहरीले बरामद गरेको सामान भन्सारले छाडिदिएको र त्यसको दोष पनि सशस्त्रले लिनुपरेको भन्दै असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्