Logo
Logo

ओपीडी सेवा बन्द हुँदा बिरामी मर्कामा


0
Shares

काठमाडौं । चिकित्सकहरूले आज अस्पतालहरूमा ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर मारमा उपचारबाट वञ्चित भएका हुन् । 

The current image has no alternative text. The file name is: hospital.jpg

नारायणी अस्पतालमा वीरगञ्जमा डा। प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलन गरेका हुन् । उनीहरूले देशभर आकस्मिक बाहेकको सेवा बन्द गरेका छन् ।

आज ठूला सरकारी अस्पतालहरूमा आज ओपीडीमा बिरामी जाँच भएको छैन । अस्पताहरुमा ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरे त्यसको कुनै प्रभाव भने परेको छैन ।  

प्रतिक्रिया दिनुहोस्