Logo
Logo

नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न


0
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ वैशाखमा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुरस्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखलगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८३÷८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकामा यस सफलताका लागि सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ताहरुलगायत कम्पनीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ वढी सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षा सहित अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनुपर्ने क्रियाकालपहरुका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा स्ट्याण्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो भने कन्सर्टको मुख्य आरम्भ नेपलाका चर्चित गायक दीपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाइभ प्रस्तुति र चर्चित डिजे अमुको प्रस्तुतिमा सहभागी अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्