Logo
Logo

काठमाडौंमा १ लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन पक्राउ


378
Shares

काठमाडौं। सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गा मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दिपक राई रहेका छन्।

भारतबाट ल्याएर नेपालमा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नगद नेपाली रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानसहित पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्