Logo
Logo

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता


378
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । सभामुख आर्यालले बिहीबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

The current image has no alternative text. The file name is: rastpati.jpg

भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटे गरेका थिए ।

बुधवार सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिए हुन्  ।  मङ्गलवार सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

भेटका क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्