Logo
Logo

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा 


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग अघि सारेको छ । 

The current image has no alternative text. The file name is: padma-aryal.jpg

प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएकी हुन् ।  

उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ । दङ्गा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैँ त्रास सिर्जना गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्