काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रूपमा काम गर्छन् ।














