काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरूप सरकारले काम गर्न नसकेको बताए ।

उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौँ, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौँ, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’
बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको प्रचण्डको भनाइ थियो । ‘बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,’ उनले भने ।














