Logo
Logo

राष्ट्रिय सभा बैठक आज बस्दै


0
Shares

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

बैठकमा गृह मन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ । त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् ।

यस्तै, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृह मन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ ।

यसैगरी बैठकमा संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्