Logo
Logo

कांग्रेस संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गर्‍यो ५ सय ५१ सदस्यीय मूल आयोजक समिति 


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

The current image has no alternative text. The file name is: nepali-congress.jpg

शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा। शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ ।

त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको छ । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो । सोही अनुरुप आज आयोजक समिति घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्