Logo
Logo

सप्तरीमा अत्यावश्यक सामग्री किन्न कर्फ्यु खुकुलो पारियो


252
Shares

काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ ।

The current image has no alternative text. The file name is: saptri.jpg

तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्‍याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सो समयावधिभित्र हुलदंगा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरेरगराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्