Logo
Logo

‘निम्स दाई’सहित ६ पर्वतारोहीप्रति एमालेको श्रद्धाञ्जली : समग्र राष्ट्रले अमूल्य राष्ट्रिय धरोहर गुमायो


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित ६ नेपाली पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

The current image has no alternative text. The file name is: nims-dai.jpg

पार्टीका महासचिव शङ्कर पोखरेलद्वारा जारी शोक वक्तव्यमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स दाई’ तथा उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

वक्तव्यमा विश्व पर्वतारोहणको इतिहासमा असम्भवलाई सम्भव बनाउँदै नेपाल र नेपालीको गौरव विश्वसामु उँचो बनाउने यी पर्वतारोहीहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्र मात्र नभई समग्र राष्ट्रले आफ्ना अमूल्य राष्ट्रिय धरोहर गुमाएको उल्लेख गरिएको छ । यस घटनालाई नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुखद अन्त्यका रूपमा चित्रण गरिएको छ ।

एमालेले दिवङ्गत पर्वतारोहीहरूको राष्ट्रप्रतिको अद्वितीय योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्