Logo
Logo

ट्रम्पले रोके इरानमाथि आक्रमण


0
Shares


एजेन्सी । अमेरिकाले इरानविरुद्धको आक्रमण अस्थायी रूपमा रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (आइतबार) सामाजिक सञ्जालमार्फत शान्ति सम्झौताको नयाँ रूपरेखा तय भएको भन्दै आक्रमण अस्थायी रूपमा रद्द गरिएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकासँग दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो सैन्य शक्ति छ र इरानविरुद्ध कारबाही गर्न सक्षम छ । यद्यपि इरान र मध्यपूर्वका अन्य केही देशले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको ढाँचालाई अन्तिम रूप दिइएको छ ।’

उनको दाबीअनुसार प्रस्तावित सम्झौतामा हर्मुज स्ट्रेटको तत्काल, पूर्ण र निर्बाध खुला गर्नुपर्नेछ । साथै इरानको आणविक खतरा अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ ।

ट्रम्पले भनेका छन्, ‘विश्वको भविष्य र इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै हामीले आक्रमण रद्द गर्ने निर्णय गरेका छौँ ।’ यसअघि ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्