Logo
Logo

दुर्गा प्रसाईंलाई तत्काल रिहाइ गर्न धवलशमशेरको माग


0
Shares

काठमाडौं । आलोचना, फरक मत र विचार(अभिमत लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवलशमशेर राणाले बताएका छन् ।

The current image has no alternative text. The file name is: dhawalsamser-rana.jpg

उनले नागरिकप्रति सरकारको जवाफदेहिता, लोकतान्त्रिक सन्तुलन र समाजको उन्नति-प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गरेका छन् । सरकारको आलोचना गर्न नपाइने अवस्था आएमा त्यस्तो शासन प्रणाली लोकतान्त्रिक हुन नसक्ने उनको भनाइ छ ।

विभिन्न आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र मेलमिलाप नेपाली समाजको मौलिक पहिचान रहेको भन्दै डा। राणाले सामाजिक सहिष्णुता र सद्भावको विरासत जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।

पछिल्ला दिनमा देशका केही क्षेत्रमा देखिएका आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिले सबैलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन् । यस्तो संवेदनशील समयमा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न माग गर्नु, स्थायी शान्तिको अपेक्षा राख्नु र सरकारको जवाफदेहितामाथि निगरानी गर्नु नागरिकको अधिकार र कर्तव्य भएको उनको भनाइ छ।

यही सन्दर्भमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले साउन १७ गते राति उनकै निवासबाट पक्राउ गरेको घटना निन्दनीय भएको डा। राणाले बताएकी छन् । उनले प्रसाईंको तत्काल रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्