Logo
Logo

गृहमन्त्रीको चासो, गोली कसले चलायो ?


0
Shares

काठमाडौं । तराई–मधेशमा आगो बलिरहेका बेला सशस्त्र प्रहरीमा एकले अर्कालाई असफल बनाउने गरी प्रधानमन्त्रीको सचिवालयका फरक फरक सूचना दिइएको छ । सुनसरीको देवानगन्ज घट्नामा पहिलो गोली कसले चलायो भन्ने खुल्दुलि र विवाद बढिरहेको बेला प्रधानमन्त्रीका स्वकीय सचिवालयमा रहेका सदस्यहरुलाई सशस्त्रकोतर्फबाट कुनै एक एआइजीले पहिला नै बिफ्रिङ गरेको पाइएको छ ।

सुनसरीको कप्तानगञ्जमा गत आइतबार हिन्दू–मुस्लिम झडपपछि सोमबार राति सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । उक्त बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङलाई सुरक्षा प्रमुखहरूले घटनाको जड र समाधानको विषयमा ब्रिफिङ गर्दै थिए । तर, मन्त्री गुरुङ न उनीहरूका कुरा सुन्न त्यति उत्सुक देखिए, न त समाधानको विषयमा दिइएका सुझाव मान्न नै तयार भए ।

त्यसको खास कारण थियो–सशस्त्रका एक एआइजीले प्रधानमन्त्रीको स्वकीय सचिवालयका रहेका एक सदस्यलाई पहिलो गोली त सशस्त्र प्रहरीले चलाएको हो नि भन्ने बिफ्रङ गर्नु हो । सशस्त्र प्रहरीका ती एआइजीले यस्तो बिफ्रङ गर्दा संगठनलाई नै अप्ठेरो परेको थियो । आइजीपी नारायणदत्त पौडेलले सशस्त्र प्रहरीको भूमिकाबारे बताउने क्रममा प्रधानमन्त्री र गृहमन्त्री दुवैले गोली त सुरक्षा निकायबाटै अन्धाधुन्ध प्रहार भएको रहेछ नि यस्तो किन भयो भन्दै प्रश्न गरेका थिए ।

सुरक्षा समितिको बैठकमा सहभागी स्रोतका अनुसार मन्त्री गुरुङ प्रहरी र सशस्त्रसँग आक्रामक थिए । उनले लगातार सशस्त्र र प्रहरीले लापरबाही गरेको भन्दै अरु ब्रिफिङमा त्यति ध्यान दिएनन् । प्रहरीका आईजी दानबहादुर कार्कीले केही दिनअघि संसदीय समितिको बैठकमा रोहिंग्या शरणार्थीको जबरजस्त प्रवेशले सुरक्षा चुनौती थपिरहेको भनेका थिए । बैठकमा त्यो विषयले पनि आगोमा ध्यू थपेको थियो ।

सुरक्षा समितिको बैठकमा उनले त्यसअघि नै औँल्याएका चुनौतीका विषय प्रस्तुत गरे । तर, मन्त्री त्यस्तो कुरा सुन्ने ‘मुड’ मा थिएनन् । उनले गोली कसले चलायो नाम दिनुस मात्र भनिरहे । प्रहरी, सशस्त्र र राष्ट्रिय अनुन्धान विभागका प्रमुखहरूले सुनसरीदेखि नेपालगञ्जसम्म यस किसिमको समस्या भोलिका दिनमा पनि आउनसक्ने भन्दै कारणतर्फ जानुपर्ने राय दिएका थिए ।

यसअघि नेपालगञ्जमा पटक पटक हिन्दू–मुस्लिम दंगा हुँदै आएको छ । त्यसबाहेक तराईका अन्य जिल्लामा पनि त्यस किसिमका समस्या विद्यमान रहेको उनीहरूले बताए । यसबारे धेरै वर्षअघिबाट सुरक्षा निकायले मन्त्रालयलाई विभिन्न तहका अनुसन्धान प्रतिवेदन र सुझाव दिएको उनीहरूले ध्यानाकर्षण गराए ।

स्मरणीय छ, आइजी कार्कीले संसदीय समितिमा सुरक्षा चुनौतीबारे चर्चा गरेपछि ती चुनौतीमाथि केन्द्रित भएर सुरक्षा योजना बनाउनुपर्ने गृहमन्त्री गुरुङ त्यसपछि बारा–पर्साका सीमावर्ती क्षेत्रमा घुमिरहेका थिए ।

स्रोतका अनुसार उनी पर्सा र चितवनको सीमावर्ती क्षेत्र ठोरीमा रिसोर्ट चलाउने जग्गा खोज्दै थिए । उनी त्यता घुमिरहेका बेला आइजिपी कार्की संसदीय समितिमा राष्ट्रिय चुनौतीका सवालहरुमा आफ्ना धारणा राखेका थिए । तर कप्तानगन्जमा सो घटना भएपछि सशस्त्र एक एआइजीले आफू नजिक रहेको देखाउन गोली सशस्त्र प्रहरीको तर्फबाट चलेको हो भन्ने बताएको त्यो कुरा गृहमन्त्री गुरुङसम्म पुगेपछि सुरक्षा समितिको बैठकमा निकै चर्काचर्की परेको थियो ।

त्यसको केही दिनमा प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रहरी र सशस्त्रका आइजिपीलाई भेट्दा सुरक्षा निकायले संवेदनशीलता नबुझेको हो कि भन्दै असन्तुष्टि जनाएका थिए । सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीको विषयमा बिफ्रिङ गर्दा दुईथरि कुरा बाझिएको थियो । प्रधानमन्त्रीका एक स्वकीय सचिवले नै यस्तो किन हुँदैछ भनेर प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्