Logo
Logo

काठमाडौंबाट छुटेलगत्तै पक्राउ परे अभिषेक गिरी


0
Shares

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार छुटेका थिए । लगत्तै मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आपराधिक लाभको आरोपमा काठमाडौंमा पक्राउ गरेर विराटनगर ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार माेरङमा अपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढ्नेछ ।विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको भनेर किटानी जाहेरी दिएका थिए ।

ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गिरीलाई गत असार २३ गते विराटनगरबाट पक्राउ गरेको थियो । त्यसअघि उनी मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ गरेको थियो । जिल्ला अदालतले हाजिरीजमानीमा छाड्न आदेश दिएपछि असार २३ गते सिआइबीले पक्राउ गरेको थियो ।

सीआईबीले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकालेको थियो । सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर छुटेपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्