१. हिक्मत कार्कीको अडान अघि गले ओली, कोशीको मुख्यमन्त्रीमा कार्कीले नै निरन्तरता पाउने, आँफुले भनेको बेला छाड्नुपर्ने ओलीको सर्त ।
२. संसदमा कालो चस्मा लगाउन नपाइने, अब प्रधानमन्त्री बालेन साहले के गर्लान् भन्ने सर्वत्र चासो ।
३. काँग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने, यसअघिको फैसला सदर वा उल्टिने दुवै सम्भावना ।
४. काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने, देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला पनि गर्दै ।
५. कांग्रेस विवादमा पुन सुनुवाइ हुने भएपछि उपसभापति विश्वप्रकाश दिए प्रतिक्रिया, विशेष महाधिवेशनको तथ्यलाई पुनः प्रस्तुत गर्न तत्पर रहेको भनाइ ।
६. काँग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि बनायो ३२ उपसमिति, मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड ।
७. तारिख बुझ्न रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा, स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछानेविरुद्ध मुद्दा ।
८. निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्री सुधन गुरुङले सांसदहरूसँग मागे माफी, सिक्न बाँकी धेरै भएको र सिक्दै भनाइ ।
९. सिरहामा हिन्दु र मुस्लिमको संयुक्त श्रद्धाञ्जली सभा, सत्तारुढ दल रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको अभिव्यक्ति विवादित ।
१०. विमानस्थलमा सुरक्षाकर्मीको व्यवहार सुधार्न सांसदहरूको माग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति ।
११. भुक्तानी सम्बन्धी कम्पनीमा केवाईसी प्रमाणीकरण नभएका ग्राहक धेरै, कारोबारको रिपोर्टिङ नगर्नु वा अपूर्ण रिपोर्टिङले जोखिम बढाएको राष्ट्र बैंको ठहर ।
१२. कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने, अनलाइन आवेदन प्रणाली ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’को शुभारम्भ ।
१३. मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशन, विपद् व्यावस्थानलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह ।
१४. बजारमा ग्यास अभाव कायमै, ग्यासको कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह ।
१५. विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन सरकारको आग्रह, अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने ।
१६. ग्वार्काे ओभरपासको भित्तामा बस ठोक्किँदा महिलाको ज्यान गयो, १८ जना घाइते, घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी ।
१७. कमोडिटी बजार सञ्चालक र कर्मचारीहरूलाई जिल्ला अदालत काठमाडौंले दियो सफाइ, प्रतिवादीहरू संस्थामा रहेकै कारणले यसलाई संगठित अपराध मान्न नसकिने ठहर ।
१८. आज सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो, दुई लाख ९६ हजार रुपैयाँमा कारोबार, चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढ्यो ।
१९. विश्वपको हिस्सा निजीलाई लगानीकर्तालाई बेच्ने आफ्नो विवादास्पद योजनामा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गरे गल्ती स्वीकार, पद नछाड्ने अडान ।
२०. अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा, धेरै सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको दाबी ।














