Logo
Logo

हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: mansun.gif

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।  तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्