Logo
Logo

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख उपहार


0
Shares

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।

The current image has no alternative text. The file name is: vat.jpg

शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३  रहेको छ । 

अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।

करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्