Logo
Logo

बालेनलाई मनीष झाको जवाफ : कोही एक्लो छैन


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकार एक्लै नभएको जवाफ फर्काएका छन्।

The current image has no alternative text. The file name is: manish-jha-1.jpg

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिँदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’

उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’

शुक्रवार राति प्रधानमन्त्री शाहले सही समय आउनलाई समय लाग्ने उल्लेख गर्दै ‘कहिलेकाँही एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन’ लेखेका थिए । जसले रास्वपामा बालेन विरुद्ध घेराबन्दी भएको सुरु भएको आशङ्का उब्जाएको छ । पछिल्लो समय रास्वपा भित्रबाट सांसदहरूको सरकारको कार्यशैलीप्रति  सन्तुष्ट नरहेको प्रस्ट देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्