Logo
Logo

सुन तस्करी गिरोहका नाइके पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ माघ ।
सुन तस्करी गिरोहका नाइके हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा दुबई प्रहरीले उनलाई गत साता पक्राउ गरेको हो ।


खड्का प्रहरीको रेड कर्नर नोटिसमा थिए । उनी ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका एक मुख्य अभियुक्त हुन् ।
दुबईमा बसेर उनले सुन तस्करी गर्दै आएका थिए । उनलाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्