Logo
Logo

सचिव पोखरेल र अधिकारीले दिए राजीनामा


0
Shares

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले दुई सचिवले राजीनामा दिएको र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा यही साउन १३ गते मात्रै सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् ।

अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए भने डा. पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो ।

प्रतिक्रिया दिनुहोस्