Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीले १ भदौमा विश्वासको मत लिने


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार कुनै राजनतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ ।

एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्