Logo
Logo

पत्रकार किशोर श्रेष्ठको रिहाइ गर्न प्रचण्डको माग


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो’, प्रचण्डले भनेका छन् ।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्नसमेत माग गरेका छन् । श्रेष्ठलाई समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट पक्राउ तथा धरपकड गरिएको घटनाप्रति प्रचण्डले आपत्ति जनाएका हुन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्