Logo
Logo

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु


0
Shares

रोल्पा । अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: rolpa.jpg

बुधवार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरसहित करिब ६ घर तथा गोठ पुरिएका थिए । घटनामा १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् । प्रहरी र स्थानीयवासीले उद्धार तथा खोजी कार्य जारी राखेका छन् । थप मानिस पुरिएको हुनसक्ने आशङ्कामा घटनास्थलमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्