Logo
Logo

‘जनआस्था’ कार्यालयमा प्रहरीको छापा


0
Shares

काठमाडौं । गएराति सम्पादक किशोर श्रेठलाई पक्राउ गरेको प्रहरीले आज बिहान ललितपुरको जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ ।

The current image has no alternative text. The file name is: jana-astha.jpg

प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको हो । जनआस्था साप्ताहिकमा केही डकुमेन्टहरू होलान् भनेर छापा मारिएको प्रहरीले जनाएको छ । पत्रकार श्रेष्ठलाई बुधवार राति ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । 

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउअघि उनीविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।

श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन् । श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ । ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्