Logo
Logo

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति राप्रपाको आपत्ति 


0
Shares

काठमाडौं । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: mohan.jpg

लेखेकै आधारमा पत्रकार श्रेष्ठ पक्राउ पर्नु स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिबिम्बित भएको उल्लेख गर्दै उनले समाचारको विषयमा उजुरी र छानबिन गर्न प्रेस काउन्सिल जस्ता निकायहरू रहेको अवस्थामा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त नभएको बताए ।

‘पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको छ। समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठ पक्राउ पर्नु स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिबिम्बित भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘समाचारको विषयमा उजुरी र छानबिन गर्न प्रेस काउन्सिल जस्ता निकायहरू छन्, सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन ।’

उनले राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के हो भन्दै उनले प्रश्न समेत गरे। साथै, स्वतन्त्र प्रेसलाई निर्बाध काम गर्न, नियमन गर्नुपर्ने ठाउँबाट नियमन र पत्रकार श्रेष्ठलाई रिहा गर्न उनले माग गरे । उनले भने, ‘स्वतन्त्र प्रेसलाई निर्बाध काम गर्न देऊ, नियमन गर्नुपर्ने ठाउँबाट नियमन गर, पत्रकार श्रेष्ठलाई रिहा गर ।’

प्रतिक्रिया दिनुहोस्