Logo
Logo

भक्तपुरको होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए


0
Shares

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा बस्दै आएका एक व्यक्ति मृत भेटिएका छन् ।

The current image has no alternative text. The file name is: shab-deathbody.jpg

मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् ।

प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । उनी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्