काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ । जहाँ ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको छ ।

उनको कार्यकक्षबाहिर र भित्र उनको चेम्बरमा सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको हो । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि आज मात्रै नेपाल आइपुगेका हुन् ।
कांग्रेसको सभापति अहिले गगनकुमार थापा छन् । माघ १ गते कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका हुन् । उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको छ ।
तर फेरि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितले त्यसविरुद्ध पुनरवेदनको दिएका थिए । यसका लागि हालै सर्वोच्च अदालतले पुनस्सुनुवाइको आदेश गरेको छ । इतर समूहले थापालाई सभापतिको रूपमा स्वीकारेको छैन।












