काठमाडौं । पहिरो हटाएपछि काठमाडौं९मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाइएपछि शुक्रवार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।













