Logo
Logo

नयाँको कमजोरीले पुरानाको पुनरोदय हुँदैन : योगेश


882
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको ओरालो यात्रा र अयोग्यतालाई पुराना नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन चेतावनी दिएका छन् ।

The current image has no alternative text. The file name is: yogesh.jpg

भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो ‘महाभूल’ हुने बताएका छन् । 

शुक्रवार फेसबुकमा पुराना दलका शीर्ष नेताहरूले पार्टीभित्र पुरानै भूमिकामा फर्कन गरिरहेको मेहनतलाई संकेत गर्दै नेता भट्टराईले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूको आलोचना गरेका छन् ।

भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा जस्ता पुराना पार्टीको अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई भजाएर रास्वपाको जन्म भएको र रवि तथा बालेनलाई नेता बनाइएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्