काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज (शुक्रवार) भेटवार्ता भएको छ । शुक्रवार प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

प्रधानसेनापति सिग्देल र प्रधानमन्त्री बालेनबीच के विषयमा कुराकानी भएको त्यो भने खुलाइएको छैन । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेटघाट नियमित भेटघाट भएको सेनाले जनाएको छ । यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबिच भेटघाट भएको थियो ।













