काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले विशेष महाधिवेशन गरेकोमा आत्मलोचना गर्दै पार्टीमा फर्कन आग्रह गरेका छन् । शुक्रबार इतर समूहको राष्ट्रिय भेलामा बोल्दै उनले कांग्रेसभित्र मात्र एकता नभएर राजनीतिक दलहरूबीचको एकता आवश्यक रहेको उनले बताए ।

‘करिब ११ महिना पहिला नेपालको राजनीतिमा कालो बादल मडारियो । त्यसको लपेटामा कांग्रेसका साथीहरू पर्नुभयो । साथीहरू फर्कनुस् । सर्वोच्च अदालतले रिभ्यु गरेको छ । साथीहरू आत्मआलोचना गर्नुहोस् । पश्चाताप गर्नुहोस् । पार्टी लोकतन्त्र र मुलुकको लागि यो छात्राभित्र आउनुहोस्,’ नेता बरालले भने ।
गत पुस अन्तिममा विशेष महाविधेशनबाट कांग्रेसमा सभापति गगन थापा निर्वाचित भएका थिए ।













