Logo
Logo

चुनदेवीको नेमप्लेटसम्बन्धी निरूपण अदालतले गर्छ : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनदेवीको नेमप्लेटसम्बन्धी विषयमा थप केही भन्न आवश्यक नरहेको बताएका छन् । दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यो विषय विशेष महाधिवेशनबाट आएको भएकाले यसको निरूपण सम्बन्धित कानुनी प्रक्रियाबाटै हुने बताएका हुन् । 

The current image has no alternative text. The file name is: sharma.jpg

चुनदेवीको नेमप्लेटबारे प्रश्न गर्दा उनले उक्त विषयको जिम्मेवारी अदालतकै रहेको बताएका हुन् । अदालतमा विचाराधीन विषयमा थप टिप्पणी गर्न नचाहेको उनको भनाइ रहेको छ । शर्माले कांग्रेसभित्र पनि विधि र प्रक्रिया महत्त्वपूर्ण रहेको उल्लेख गर्दै खेलमा जस्तै राजनीतिक दलभित्र पनि विधि–प्रक्रियाको पालना गर्नुपर्ने बताए ।

“यस विषयमा केही भन्नु छैन, सबै जिम्मा अदालतको हो,” उनले भने।उनले गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै यस्ता कार्यक्रमले आपसी बन्धुत्व कायम गर्न सहयोग पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्