काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । शनिवार संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा बोल्दै उनले उक्त भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको बताएका हुन् ।

समय समयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने उल्लेख गर्दै नेता कोइरालाले उनले नयाँ पार्टी गठन गर्ने पक्षमा आफूहरू नरहेको बताएका हुन् । अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ छ ।
नले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबीसमेत गरे । परिस्थिति सोचेअनुरूप नभएमा थप छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताएका छन् ।












