Logo
Logo

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रबारदेखि जारी रहेको छ । शुक्रवार उद्घाटन समारोह भएको भेलामा शनिवार बन्द सत्र भएको थियो । 

The current image has no alternative text. The file name is: nepali-congress-7.jpg

शनिवारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए  ।

 प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक नीति परिवर्तन गरी निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने, कानुन सरल बनाउनुपर्ने र परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेता रमेश लेखकले सदस्यता लिनेदेखि नवीकरण र अभिलेखसम्मको काम डिजिटल प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन्। साथै ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुपर्ने तथा महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा पार्टी संरचना सुधार गर्दै विभिन्न तहमा पदाधिकारी थप्ने, केन्द्रीय समितिमा विज्ञको सहभागिता बढाउने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पनि अघि सारिएको छ। विशेष महाधिवेशनसम्बन्धी विवाद दोहोरिन नदिन विधानमा स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रस्तावसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्