Logo
Logo

पहिरोले राप्ती राजमार्ग अवरुद्ध


0
Shares

काठमाडौं । अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-४ अरिङ्गाले फेदिमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: rapti-rajmarg.jpg

जिल्ला प्रहरी कार्यालय सल्यानला प्रहरी प्रमुख दिपक पातलिका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा सडक माथिबाट पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि दाङबाट रुकुम र सल्यानका विभिन्न क्षेत्रमा पुग्ने तथा रुकुम, सल्यानबाट दाङ , नेपालगञ्ज , काठमाडौं लगायतका ठाँउ पुग्ने दर्जनौं सवारीसाधन अलपत्र परेका छन् । अहिले एक्स्काभेटरको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्