Logo
Logo

बैतडी पुगेका मन्त्री सुनिल लम्साल बिरामी, सुर्खेतबाट हेलिकप्टर बोलाइयो


0
Shares

बैतडी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन्। शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।

भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन्।लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा। पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका थिए । डा. उपाध्यायले मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको जानकारी दिए।

उनलाई हेलिकप्टरमार्पत काठमाडौं ल्याउने तयारी छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतअनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडेको छ।

प्रतिक्रिया दिनुहोस्