Logo
Logo

इरानलाई मद्दत गर्नेलाई छाडिने छैन : ट्रम्प


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अत्यन्तै कठोर आर्थिक अभियान सुरु गर्ने घोषणा गरेका छन् ।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै उनले इरानलाई सम्झौताका लागि अधिकतम अवसर दिएको तर इरानले त्यसको फाइदा उठाउन नसकेको बताए ।

The current image has no alternative text. The file name is: 1615981335_donald-trump.jpg

उनले भने, ‘आज म कुनै पनि देशविरुद्ध गरिएको सबैभन्दा कडा आर्थिक कारबाहीको घोषणा गर्दैछु । यो पूर्ण स्तरको आर्थिक युद्ध र इरानलाई अलग्याउने अभियान हुनेछ ।’

ट्रम्पले आफ्ना पहिलेका भनाइहरू दोहोर्‍याउँदै इरानको सैन्य र आर्थिक शक्तिलाई कमजोर पार्ने वाचा गरेका छन् । उनले कुनै पनि देशले इरानलाई आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायहरू मार्फत आर्थिक सहयोग प्रदान गरेमा ठूलो आर्थिक क्षति भोग्ने चेतावनी समेत दिए ।

ट्रम्पले विशेष गरी तेल तस्करी, तेल ट्याङ्करहरूको साटासाट, नगद स्थानान्तरण, मनी एक्सचेन्ज कम्पनीहरूको प्रयोग र नक्कली कम्पनीहरूको नाममा जहाजहरू दर्ता गर्ने जस्ता गतिविधिहरूको उल्लेख गरे ।

आफ्नो समापन भाषणमा ट्रम्पले यो अपरेशनलाई दोस्रो विश्वयुद्धको समयमा नोर्मन्डीमा अमेरिकी सेनाको अवतरणसँग तुलना गरे । उनले अमेरिकी सहयोगीहरूलाई इरानबाट उत्पन्न खतरालाई हटाउन अमेरिकालाई सहयोग गर्न अपील गरे । ट्रम्पले यो सम्पूर्ण कार्यलाई ‘ऐतिहासिक कदम’ को रूपमा वर्णन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्