Logo
Logo

रवि-बालेनको शैली धुर्मुस र सुन्तली जस्तै : शङ्कर पोखरेल


0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले धुर्मुस-सुन्तलीद्वारा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना आकर्षक भए पनि दानदातव्यको भरमा यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको बताएका छन् । उनले यसलाई रवि-बालेन समूहको वर्तमान कार्यशैलीसँग तुलना गरेका छन् ।

The current image has no alternative text. The file name is: sanker.gif

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा  ‘समयको चेत’ शीर्षकमा पोस्ट गर्दै महासचिव पोखरेलले रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस-सुन्तलीको परियोजना सङ्कटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको उल्लेख गरेका छन् । ‘अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह) को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ,’ पोखरेलले लेखेका छन् । ‘राजनीति लामो सङ्घर्ष, समर्पण तथा राज्य सञ्चालनको कला र विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ ।’

स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्तालाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गर्ने हो भने भोलि धुर्मुस-सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले समयमै चेत खुलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्