काठमाडौं । बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको छ ।

बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने छन् ।
आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । उनीहरूले पाउने मन्त्रालय भने टुङ्गिन बाँकी रहेको छ । मन्त्रीको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको छ ।












