Logo
Logo

महिला प्रहरीमाथि हातपात गर्ने व्यक्तिविरुद्ध ५ दिनको म्याद थप


0
Shares

काठमाडौं । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।

आज बिहान करिब ९ः३० बजे बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि पिक आवर ड्युटीमा प्रहरी कर्मचारी खटिएका थिए । सो क्रममा कठायतलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गर्दा उनले प्रहरीको आग्रह अटेर गर्नुका साथै गालीगलौज र हातपात गरेको प्रहरीले जनाएको छ ।

घटनापछि कठायतलाई नियन्त्रणमा लिई राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । पक्राउ परेका कठायतमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्