
काठमाडौं । रसुवाको बोर्डर आउट पोस्ट (बीओपी)मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।
उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको उनले बताए । ल्हेन्दे खोलामा एक्कासि आएको बाढीले रसुवामा अहिले ठूलो क्षति भएको छ । उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू आउन बाँकी छ ।














