Logo
Logo

उद्धार सामग्रीसहित काठमाडौंबाट ६५ प्रहरी रसुवातर्फ लागे


0
Shares

काठमाडौं । रसुवा बाढी प्रभावितको उद्धारका लागि नेपाल प्रहरीले काठमाडौंबाट विपद् व्यवस्थापनका ६५ प्रहरीलाई प्रभावित क्षेत्रमा पठाएको छ ।

सामाखुशीस्थित विपद् व्यवस्थापन कार्यदलका डीएसपी देवेन्द्रबहादुर मल्लको नेतृत्वमा ३० जनाको टोली हेलिकप्टरबाट त्यसतर्फ जानका लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

उक्त टोलीले विपद् उद्धारका अत्यावश्यक सामग्री साथमा लिएर गएको छ । उनीहरु एउटै हेलिकप्टरमा नअट्ने कारण पालैपालो जाने भएका छन् ।

विपद व्यवस्थापनबाटै स्थलमार्ग हुँदै थप ३५ प्रहरी रसुवातर्फ गएका छन् । उनीहरुले पनि विपद् उद्धारका सामाग्री साथमा लगेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्