Logo
Logo

उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन


0
Shares

काठमाडौं । सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ ।  बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएका छन् । 

The current image has no alternative text. The file name is: helicopter.jpg

त्यस्तै, नेपाली सेनाको दुई वटा उद्धार र एउटा स्वास्थ्यकर्मीसहित तीन वटा हेलिकप्टर टोली नुवाकोट र रसुवा प्रस्थान गरेको छ । यससँगै धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । 

राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्याङ्कर काठमाडौंबाट परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्