
काठमाडौं । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् ।
बुधबार संसदीय दलको बैठकबाट निर्णय गर्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थमन्त्री लक्ष्मण पाण्डेले राजीनामा बुझाएका हुन् ।
उनीहरू मन्त्रिपरिषद् हेरफेर हुँदा यही वैशाख २ गते नियुक्त भएका थिए । सत्ता समीकरण बदलिएपछि उनीहरु कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएका हुन् । हाल प्रदेशमा एमाले–नेकपा समीकरण बनेको छ ।














